Saturday 18-04-2026

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

Satyapana
  • Monday Mar 30 2026
  • | 440 Read

Share News

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

१६ चैत २०८२, सोमबार । सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना भएका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नियन्त्रणमा रहेका खड्कालाई स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल (महाराजगञ्ज) मा भर्ना गरिएको हो।

विभागले अदालतबाट सात दिनको म्याद लिई उनलाई प्रहरी प्रभाग पुल्चोकको हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो। गएराति साढे १२ बजेतिर अचानक निरन्तर बान्ता भएपछि उनलाई सुरुमा उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो। तर, स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै नर्भिकले उनलाई शिक्षण अस्पताल रिफर गरेको विभागका एक अधिकारीले जानकारी दिएका छन्।

अहिले शिक्षण अस्पतालमा भर्ना गरेर उनको उपचार भइरहेको छ।


For Add Product Review. You Need To Login First Login Page