Friday 05-06-2026

ओली र लेखक पक्राउको प्रतिवाद गर्न एमाले तीन नेतालाई तोक्यो जिम्मेवारी

Satyapana
  • Saturday Mar 28 2026
  • | 1822 Read

Share News

ओली र लेखक पक्राउको प्रतिवाद गर्न एमाले तीन नेतालाई तोक्यो जिम्मेवारी

१४ चैत २०८२, शनिवार। नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीलाई 'प्रतिशोधपूर्ण' र 'गैरकानुनी' ठहर गर्दै त्यसको राजनीतिक तथा कानुनी रूपमा कडा प्रतिवाद गर्ने निर्णय गरेको छ।

शनिबार बिहान पार्टी केन्द्रीय कार्यालयमा कार्यवाहक अध्यक्ष रामबहादुर थापा 'बादल' को अध्यक्षतामा बसेको पाँचौँ सचिवालय बैठकले उक्त निर्णय गरेको हो। बैठकले अध्यक्ष ओली र पूर्वगृहमन्त्री लेखकको तत्काल रिहाइको माग गर्दै आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको छ।पक्राउ प्रकरणको योजनाबद्ध प्रतिवाद गर्न एमालेले तीन जना शीर्ष नेताहरूलाई विशिष्ट जिम्मेवारी समेत तोकेको छ । त्यसमा

राजनीतिक दलहरूसँगको समन्वय  उपाध्यक्ष विष्णु पौडेल गर्नेछन् । संसदीय दलहरूसँग संवाद र संयोजन उपाध्यक्ष रामबहादुर थापा बादलले गर्नेछन भने कानुनी प्रतिवादको संयोजन सचिव गोकर्ण विष्टले गर्ने महासचिव शंकर पोखरेलले जानकारी दिए । यस्तै, समग्र जनपरिचालनको जिम्मा पार्टी केन्द्रीय कार्यालयलाई दिइएको छ । भदौ २३ र २४ गतेको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा शनिबार बिहानै ओली र लेखक दुवै जनालाई प्रहरीले पक्राउ गरेको थियो। गत भदौ २३ गते हेलचेक्र्याइँपूर्वक ज्यान मारेको अभियोगमा ओली–लेखक पक्राउ परेका हुन्। उनीहरूलाई ३ देखि १० वर्षसम्मको कैद सजाय दिन आयोगले सिफारिस गरेको छ।


For Add Product Review. You Need To Login First Login Page