Tuesday 28-07-2026

पक्राउ लगत्तै केपी शर्मा ओली शिक्षण अस्पतालमा भर्ना

Logo
Satyapana
  • Saturday Mar 28 2026
  • | 1710 Read

Share News

पक्राउ लगत्तै केपी शर्मा ओली शिक्षण अस्पतालमा भर्ना

१४ चैत २०८२, शनिवार।  शनिबार बिहान भक्तपुरको गुण्डुबाट पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको 'भीआईपी' क्याबिनमा भर्ना गरिएको छ।

प्रहरीले नियन्त्रणमा लिएपछि उनलाई सुरुमा भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँ लगिएको थियो। त्यहाँ केही समय राखेपछि स्वास्थ्य परीक्षणका लागि उनलाई शिक्षण अस्पताल पुर्‍याइएको हो।

अस्पताल स्रोतका अनुसार ओलीलाई अहिले भीआईपी क्याबिनको बेड नम्बर ५०१ मा राखिएको छ। दुई पटकसम्म मिर्गौला प्रत्यारोपण गराएका ओलीको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै उनलाई मिर्गौला प्रत्यारोपणका बिरामीहरूलाई राख्ने विशेष कक्षमा भर्ना गरिएको अस्पतालले जनाएको छ।

शिक्षण अस्पताल पुर्‍याए लगत्तै उनलाई सुरुमा आकस्मिक कक्षको २७ नम्बर बेडमा राखेर प्राथमिक स्वास्थ्य परीक्षण गरिएको थियो। चिकित्सकहरूको टोलीले परीक्षण गरेपश्चात् थप निगरानीका लागि उनलाई भीआईपी क्याबिनमा सारिएको हो।


For Add Product Review. You Need To Login First Login Page