Saturday 18-04-2026

प्रधानमन्त्री बालेन शाहद्वारा ऐतिहासिक शपथ: वैदिक परम्परा र आधुनिकताको फ्युजन

Satyapana
  • Friday Mar 27 2026
  • | 668 Read

Share News

प्रधानमन्त्री बालेन शाहद्वारा ऐतिहासिक शपथ: वैदिक परम्परा र आधुनिकताको फ्युजन

१३ चैत २०८२, शुक्रबार । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले  प्रधानमन्त्री पदको शपथ लिएका छन्  । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।

बालेनले दिउँसो १२:३२ को शुभसाइतमा शपथ लिएका थिए, जसका लागि उनले पूर्व निर्धारित समय तोकेका थिए। यस पटकको शपथ ग्रहण समारोह विगतको भन्दा भिन्न र आध्यात्मिक रौनकसहितको देखियो। शपथअघि सातवटा शंखको ध्वनि (शंखनाद), १०८ बटुकहरूको स्वस्तिवाचन र १६ भिक्षुहरूको अष्टमंगल पाठले शीतल निवास गुञ्जायमान भएको थियो। मानव शरीरका सात चक्रलाई जागृत गराउने र सप्तऋषिको आशीर्वाद लिने उद्देश्यले यो मौलिक प्रयोग गरिएको बताइएको छ। समारोहमा स्वदेशी तथा विदेशी उच्चपदस्थ कूटनीतिज्ञहरूको बाक्लो उपस्थिति थियो।


For Add Product Review. You Need To Login First Login Page