Tuesday 28-07-2026

मलेसियामा चक्कु प्रहारबाट सल्यानका २१ वर्षीय युवकको मृत्यु

Logo
Satyapana
  • Wednesday Mar 25 2026
  • | 1154 Read

Share News

मलेसियामा चक्कु प्रहारबाट सल्यानका २१ वर्षीय युवकको मृत्यु

११ चैत २०८२, बुधबार ।  वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका सल्यानका एक युवकको आफ्नै साथीको चक्कु प्रहारबाट मृत्यु भएको छ। मृत्यु हुनेमा सल्यानको कपुरकोट गाउँपालिका–३, दमार खोला घर भई हाल दाङको पातेटाकुरा बस्दै आएका २१ वर्षीय वेदबहादुर बुढा हुनुहुन्छ।

कपुरकोट गाउँपालिका–३ का वडाध्यक्ष प्रदीप खड्काका अनुसार चक्कु प्रहार गर्ने व्यक्ति रोल्पा गङ्गादेव गाउँपालिका–३, नाउली भालुमारेका करिब २५ वर्षीय चोपिलाल डाँगी रहनुभएको हो। घटनापछि उहाँर अन्य केही युवालाई मलेसियाको प्रहरीले नियन्त्रणमा लिएको छ।

मलेसियाको पेराक राज्यमा रहेका कपुरकोट–६ का लालजित खड्काका अनुसार घटना पेनाङ राज्यमा भएको हो। त्यहाँको प्रहरीले आफ्नै आधिकारिक वेबसाइटमार्फत यसबारे जानकारी सार्वजनिक गरेको छ।

मृतकका काका पर्शुराम बुढाले पनि घटनाको पुष्टि गर्दै पोस्टमार्टम र प्रहरी रिपोर्टपछि शव नेपाल ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार घटना गत आइतबार मलेसियाको समय अनुसार राति करिब ९ः३० बजे भएको हो।

घटनाको कारण प्रारम्भिक अनुसन्धानले साथी बिचको आपसी विवादलाई देखाएको छ। मृतक युवकको परिवारमा बुवा, आमा र एक जना दाइ रहेका छन्।


For Add Product Review. You Need To Login First Login Page