Search News
झापामा दोस्रो ‘राष्ट्रिय कुलिनरी च्यालेन्ज’ प्रतियोगिता आयोजना हुने, ४५ देशका शेफहरूको सहभागिता रहने
- Tuesday Mar 24 2026
- | 1555 Read
Share News
झापामा दोस्रो ‘राष्ट्रिय कुलिनरी च्यालेन्ज’ प्रतियोगिता आयोजना हुने, ४५ देशका शेफहरूको सहभागिता रहने

१० चैत २०८२, मंगलबार । नेपाल शेफ सोसाइटी र अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटीको संयुक्त आयोजनामा आगामी मे १५ र १६ (जेठ १ र २ गते) झापाको दमकमा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ आयोजना हुने भएको छ।
दमकस्थित पाथिभरा कुलिनरी आर्ट कलेजमा दुई दिनसम्म सञ्चालन हुने यस कार्यक्रममा खुला कुलिनरी प्रतिस्पर्धा, फुड कम्पिटिसन र बृहत् फुड फेस्टिभल आयोजना गरिने छ ।
आयोजकका अनुसार यस कार्यक्रमको मुख्य उद्देश्य कोशी प्रदेश लगायत समग्र नेपालका रैथाने तथा लोपोन्मुख परिकारहरूको संरक्षण गर्नु रहेको छ। नेपाली कला, संस्कृति र ग्यास्ट्रोनोमी (पाककला पद्धति) लाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यो प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटीका केन्द्रीय अध्यक्ष अरुण अधिकारीले यसले नेपाली खानाको प्रवर्द्धन मात्र नगरी पाककला पर्यटनको विकासमा समेत टेवा पुर्याउने बताउनुभयो । कार्यक्रममा ४५ देशबाट सेफहरुको सहभागिता हुने जानकारी दिइएको छ ।
यस कार्यक्रममा देशभरका इच्छुक व्यक्तिहरूले प्रतिस्पर्धामा भाग लिनपनि सक्नेछन्। कार्यक्रममा ५० भन्दा बढी फुड स्टलहरू रहनेछन्, जहाँविभिन्न रैथाने तथा परम्परागत नेपाली परिकारहरु राखिनेछन् ।
प्रतियोगितामा स्वदेश तथा विदेशमा कार्यरत व्यावसायिक नेपाली शेफहरू, होटल व्यवस्थापनका विद्यार्थीहरू, रेस्टुरेन्ट व्यवसायी र पाककलामा रुचि राख्ने व्यक्तिहरूको उपस्थित रहने आयोजकले जनाएको छ।

For Add Product Review. You Need To Login First Login Page
















