Wednesday 29-07-2026

बर्खाकै झल्को दिने गरी देशैभर झरी: कति दिन रहला यस्तो मौसम?

Logo
Satyapana
  • Saturday Mar 21 2026
  • | 1247 Read

Share News

बर्खाकै झल्को दिने गरी देशैभर झरी: कति दिन रहला यस्तो मौसम?

७ चैत २०८२, शनिवार। बर्खामास बिर्साउने गरी काठमाडौंमा झमझम झरी परिरहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टा (साँझ ५ः४५ बजे) मा काठमाडौंको बबरमहल केन्द्रमा २०.४ मिलिमिटर परेको छ।

त्यस्तै अपराह्न ५ः३० बजे लमजुङको बेसीसहरमा २५.२ मिलिमिटर परेको थियो।

मौसमविद विनोद पोखरेलले प्रिमनसुन हो कि मनसुन छुट्टाउन गारो हुने गरी देशका विभिन्न भूभागमा वर्षा भइरहेको बताएका छन्।

अहिले पनि वर्षा गराउने प्रणाली सक्रिय रहेकाले धेरै ठाउँमा मध्यम वर्षा (१० देखि ५० मिलिमिटरसम्म) र केही ठाउँमा भारी वर्षा (५० देखि १०० मिलिमिटरसम्म वर्षा भइरहेको छ।

आज रातभरिनै असिनापानी, हावाहुरी र चट्याङको सम्भावना भएकोले सकभर बाहिर ननिस्कन उनले सुझाव दिएका छन्।

शुक्रबार पश्चिम र पूर्वी नेपालबाट हल्का वर्षा सुरू भएको थियो। शुक्रबार अपराह्नदेखि शनिबार दिउँसोसम्म केही ठाउँमा मेघगर्जन, चटयाङ, असिनासहित भारी वर्षाको सम्भावना रहेको उनले बताएका छन्।

यो प्रणालीले मधेसलगायत तराई र भित्री मधेसमा चट्याङ र असिना सहित भारी  वर्षा गराउने उनले बताएका छन्।

नेपालमा अहिले पानी पार्न पश्चिमी न्यूनचापीय प्रणालीले भूमिका खेलिरहेको छ।

हिउँद र चैत–वैशाखको समयमा पानी पार्न भूमध्यसागरबाट पानी पार्ने प्रणाली भित्रने गर्छ।

यसपालि त्यही प्रणाली अलि बढी सक्रिय हुँदा लगातार झरी परिरहेको हो। यसका साथै चैत–वैशाखको समयमा स्थानीय वायुका कारण पनि पानी पार्ने प्रणाली बन्ने गरेको छ। अहिले स्थानीय वायु पनि सक्रिय छ।


For Add Product Review. You Need To Login First Login Page