Friday 05-06-2026

रुकुम पूर्वमा भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

Satyapana
  • Saturday Mar 21 2026
  • | 832 Read

Share News

रुकुम पूर्वमा भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

७ चैत २०८२, शनिवार।  गएरातिदेखि परेको भारी हिमपातका कारण मध्यपहाडी लोकमार्गको रुकुम पूर्व खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । भूमे गाउँपालिका–१ स्थित लुकुम–पातिहाल्ना क्षेत्रमा सडक ठप्प हुँदा दर्जनौँ सवारीसाधन र सयौँ यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । हिले सो खण्डमा काठमाडौँबाट छुटेका रात्रिबसहरू फसेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक केशवराज ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार लुकुम–पातिहाल्ना क्षेत्रमा ७ वटा बस, एउटा जिप र ५ वटा मोटरसाइकल फसेका छन् भने २५० जनाभन्दा बढी यात्रुहरू अलपत्र परेका छन् ।

अहिले पनि निरन्तर वर्षा र हिमपात भइरहेका कारण सडक सञ्चालनमा चुनौती देखिएको छ । यस क्षेत्रमा अहिले फोन सेवा पनि अवरुद्ध हँुदा थप समस्या भएको छ । यद्यपि यात्रुहरूको उद्धारको लागि स्थानीय तहसँग समन्वय भइरहेको उपरीक्षक ज्ञवालीले बताउनुभयो ।


For Add Product Review. You Need To Login First Login Page