Search News
मुख्यमन्त्रीलाई घुसको आरोप लगाउने वन अधिकृत भट्ट मन्त्रालयबाटै नियन्त्रणमा
- Monday Mar 16 2026
- | 1678 Read
Share News

२ चैत २०८२, सोमबार। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्टलाई प्रहरीले पक्राउ गरेको छ। कैलाली वन निर्देशनालयमा कार्यरत भट्टलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय परिसरबाटै जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले नियन्त्रणमा लिएको हो। मुख्यमन्त्रीका स्वकीय सचिव प्रयागराज खनालले भट्टविरुद्ध विद्युतीय अपराध (साइबर अपराध) सम्बन्धी जाहेरी दर्ता गरेपछि सोही आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो ।
केही दिनअघि एक सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा भट्टले मुख्यमन्त्री शाहले आफूसँग ५ लाख रुपैयाँ माग गरेको र उक्त रकम दिन अस्वीकार गरेपछि पूर्वाग्राही ढंगले आफ्नो सरुवा गरिएको दाबी गरेका थिए। सोही विषयमा स्पष्टीकरण सोधिएपछि जवाफ दिन मन्त्रालय पुगेका बेला उनलाई प्रहरीले हिरासतमा लिएको हो। हाल उनलाई जिल्ला प्रहरी कार्यालयमा राखेर घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको छ।

For Add Product Review. You Need To Login First Login Page















