Saturday 18-04-2026

पश्चिम एसियामा चर्किएको युद्धको छाया: वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा उल्लेख्य गिरावट

Satyapana
  • Monday Mar 16 2026
  • | 830 Read

Share News

पश्चिम एसियामा चर्किएको युद्धको छाया: वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा उल्लेख्य गिरावट

२ चैत २०८२, सोमबार। पश्चिम एसियाली मुलुकहरूमा फैलिएको युद्धको प्रत्यक्ष असर नेपालको वैदेशिक रोजगारी क्षेत्रमा देखिएको छ। विशेष गरी इजरायल, अमेरिका र इरानबीचको बढ्दो तनावका कारण खाडी तथा मध्यपूर्वका देशहरूमा रोजगारीका लागि जाने नेपालीहरूको संख्यामा ठूलो कमी आएको हो। वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङ्कअनुसार, २०८२ माघको तुलनामा फागुन महिनामा श्रम स्वीकृति लिनेको संख्या १७ हजारभन्दा बढीले घटेको छ। माघमा ७० हजार ५०३ जनाले श्रम स्वीकृति लिएकोमा फागुनमा यो संख्या ५२ हजार ९४४ मा सीमित भएको छ।

युद्धको संवेदनशीलतालाई ध्यानमा राख्दै सरकारले फागुन १७ गतेदेखि यूएई, साउदी अरेबिया, कतार, कुवेत र इजरायलसहित १२ वटा देशका लागि व्यक्तिगत र संस्थागत श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन गरेपछि यो गिरावट आएको हो। फागुन १६ गते इरानमाथि भएको आक्रमण र त्यसपछिको प्रत्याक्रमणका कारण मध्यपूर्वका अमेरिकी सैन्य अखडाहरूमा भइरहेको मिसाइल र ड्रोन प्रहारले त्यहाँको सुरक्षा स्थिति चुनौतीपूर्ण बनेको छ। विभागका अनुसार, चालु आर्थिक वर्षको पहिलो आठ महिनामा कुल ५ लाख २५ हजार ५२१ जनाले श्रम स्वीकृति लिएका छन्, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झण्डै ९ हजारले कम हो।


For Add Product Review. You Need To Login First Login Page