Wednesday 29-07-2026

समानुपातिक सांसदको सूचीमा त्रुटि भेटिएन: ६ दलकै विवरण क्लस्टरअनुसार दुरुस्त

Logo
Satyapana
  • Monday Mar 16 2026
  • | 1088 Read

Share News

समानुपातिक सांसदको सूचीमा त्रुटि भेटिएन: ६ दलकै विवरण क्लस्टरअनुसार दुरुस्त

२ चैत २०८२, सोमबार। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले बुझाएको सांसदहरूको नामावलीमा कुनै प्राविधिक वा कानुनी त्रुटि नदेखिएको स्पष्ट पारेको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार, सिट प्राप्त गरेका सबै ६ वटा दलले तोकिएको क्लस्टर र समावेशी सिद्धान्त पालना गर्दै विवरण पेस गरेका छन्। महाशाखा प्रमुख सहसचिव यज्ञप्रसाद भट्टराईले दलहरूले पठाएका सूचीको गहन अध्ययन भइरहेको र सबैको विवरण सही पाइएकाले सोमबार साँझसम्ममा अन्तिम नामावली सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।

यस पटकको निर्वाचनमा ६ वटा दलले मात्र समानुपातिकतर्फ सांसद पठाउन आवश्यक मत प्राप्त गर्न सफल भएका छन्। आयोगको तथ्याङ्कअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी ५७ सिट हात पारेको छ भने नेपाली कांग्रेसले २० र नेकपा एमालेले १६ सिट पाएका छन्। त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टीले ९ सिट सुरक्षित गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीले समान ४-४ सिट प्राप्त गरेका छन्। आयोगले अहिले प्राप्त नामावलीलाई अन्तिम रूपमा रुजु गर्ने कार्य गरिरहेको छ।


For Add Product Review. You Need To Login First Login Page