Search News
Breaking News ::
इनिशा विक हत्या प्रकरण: दोषीलाई कारबाहीको माग गर्दै माइतीघरमा विद्यार्थीको प्रदर्शन
Satyapana
- Monday Mar 16 2026
- | 763 Read
Share News

२ चैत २०८२, सोमबार। सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या गरिएको घटनाको विरोधमा आज काठमाडौँको माइतीघर मण्डलामा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। दलित जेनजी एलायन्सको नेतृत्वमा भेला भएका प्रदर्शनकारीहरूले उक्त जघन्य अपराधमा संलग्न दोषीहरूलाई तत्काल पहिचान गरी कडाभन्दा कडा कानुनी सजाय दिन सरकारसँग माग गरेका हुन्। प्रदर्शनका क्रममा सहभागीहरूले पीडित परिवारलाई न्याय सुनिश्चित गर्न र समाजमा बढ्दो हिंसा नियन्त्रण गर्नुपर्नेमा जोड दिएका थिए। घटनाको प्रकृति अत्यन्तै गम्भीर भएकाले दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने भन्दै उनीहरूले प्रशासनको ध्यानाकर्षण गराएका छन्।

For Add Product Review. You Need To Login First Login Page

















