पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै सार्वजनिक यातायातको भाडा बढाउन व्यवसायीको माग
- Monday Mar 16 2026
- | 836 Read
Share News

२ चैत २०८२, सोमबार। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारसँग तत्काल भाडा समायोजन गर्न माग गरेको छ। जेठ २ गतेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेलमा १० रुपैयाँ बढाइएपछि महासंघले विज्ञप्ति जारी गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। महासंघका महासचिव डकनाथ गौतमद्वारा जारी विज्ञप्तिमा इन्धनमा निर्भर यातायात क्षेत्रमा यस्तो ठूलो मूल्यवृद्धिले व्यवसायी र आम उपभोक्ता दुवैलाई प्रत्यक्ष आर्थिक मार परेको उल्लेख छ।

विगत २०७८ फागुन २२ गतेदेखि भाडादर परिमार्जन नभएको भन्दै महासंघले हालको स्वचालित प्रणाली र २०६५ सालमा तय गरिएको १३ वटा सूचकसहितको वैज्ञानिक विधिका आधारमा भाडा बढाउनुपर्नेमा जोड दिएको छ। यसका लागि संघीय रुटको हकमा यातायात व्यवस्था विभाग र प्रदेश अन्तर्गतका रुटहरूमा सम्बन्धित प्रदेशका मन्त्रालयहरूले यथाशीघ्र कदम चाल्नुपर्ने व्यवसायीहरूको माग छ। केवल मूल्य बढाएर मात्रै समस्या समाधान नहुने तर्क गर्दै महासंघले आयल निगमभित्रको आन्तरिक चुहावट नियन्त्रण गर्न र इन्धन आपूर्तिको वैज्ञानिक व्यवस्थापन मिलाउन समेत सरकारलाई आग्रह गरेको छ।

For Add Product Review. You Need To Login First Login Page















