Tuesday 28-07-2026

सुख्खा पहिरोले भेडेटार–राजारानी–रवि सडक अवरुद्ध, पाँचथर र धनकुटाको यातायात ठप्प

Logo
Satyapana
  • Saturday Mar 14 2026
  • | 1079 Read

Share News

सुख्खा पहिरोले भेडेटार–राजारानी–रवि सडक अवरुद्ध, पाँचथर र धनकुटाको यातायात ठप्प

हिले, फागुन ३० गते। सुख्खा पहिरोका कारण भेडेटार–राजारानी–रविराके सडक अवरुद्ध भएको छ। भेडेटार थुम्की खण्डमा पर्ने लभडाँडामा शुक्रबार बिहानदेखि निरन्तर सुख्खा पहिरो झर्न थालेपछि सडक अवरुद्ध भएको हो। सो स्थानको करिब १०० मिटर क्षेत्रमा पहिरो लगातार झरीरहेको जनाइएको छ।

सडक अवरुद्ध भएपछि धनकुटाको चौबिसे गाउँपालिका माथिल्लो क्षेत्र र पाँचथरको पश्चिमी भागका तर्फको यातायात पूर्ण रूपमा प्रभावित भएको छ।

यो स्थान भेडेटारबाट करिब २.५ किलोमिटर दुरीमा रहेको छ। पहिरो हटाउन पहल भइरहे पनि निरन्तर पहिरो झरेका कारण समस्या भइरहेको गाउँपालिका अध्यक्ष जितेन्द्र राईले जानकारी दिनुभयो। उहाँका अनुसार आवश्यक उपकरण तयारी अवस्थामा राखिए पनि पहिरो निरन्तर झरी रहेकाले कार्यमा ढिलाइ भएको छ।

अध्यक्ष राईले यात्रुहरूलाई वैकल्पिक सडकमार्ग प्रयोग गर्न सल्लाह दिनुभयो, जसमा डाँडा बजार–बुढीमोरङ–मुलघाट तथा राजारानी–केराबारी मार्ग समावेश छन्।


For Add Product Review. You Need To Login First Login Page