Saturday 12-09-2026

काठमाडौँ महानगरपालिकाले हटायो नदी किनारको निर्माणमा लगाएको रोक

Logo
Satyapana
  • Thursday Jan 22 2026
  • | 1256 Read

Share News

काठमाडौँ महानगरपालिकाले हटायो नदी किनारको निर्माणमा लगाएको रोक

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले नदीको दायाँबायाँ क्षेत्रमा भवन निर्माणका लागि लगाएको रोक्का फुकुवा गरेको छ ।

बिहीबार सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले यस्ताे जानकारी गराएको हो ।

‘सम्मानित सर्वाेच्च अदालतको संयुक्त इजलासले २०८२ माघ ४ गते गरेको आदेशका आधारमा कुनै पनि व्यक्तिको निजी जग्गामा भवन निर्माण गर्न अनुमतिमा रोक नलगाइने र निर्माण भइरहेको संरचनामा समेत रोक्का नराखिने सम्वद्ध सरेकारवालामा यो सार्वजनिक सूचनामार्फत जानकारी गराइन्छ ।’ सुचनामा भनिएको छ  ।

जनहित संरक्षण मञ्च (प्रो.पब्लिक) का तर्फबाट अधिवक्ता प्रकाशमणि शर्माले काठमाडौँ महानगरपालिका समेतलाई विपक्षी बनाएर दर्ता गर्नुभएको उत्प्रेषण समेत मुद्दामा मिति २०८० मङ्सिर १ मा भएको फैसलालाई आधार मानेर २०८१ साल साउन २४ गतेको प्रमुखस्तरीय निर्णयबाट निर्माण अनुमति रोक्का थियो ।

त्यस सूचनामा ‘महानगरपालिका क्षेत्रभित्रका नदीको नापी नक्सावाट कायम रहेको छेउवाट दायाँ बायाँ छोड्नुपर्ने भनी तोकेको मापदण्डका अतिरिक्त थप २० (बीस) मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिने, निर्माण कार्य रोक्का राख्ने’ विषय उल्लेख थियो ।


For Add Product Review. You Need To Login First Login Page