Search News
२१९ सुकुम्बासी परिवार रंगशालामा: विवरण संकलनपछि 'होल्डिङ सेन्टर' पठाइँदै
- Sunday Apr 26 2026
- | 795 Read
Share News

१३ वैशाख २०८३ आइतबार। थापाथली, गैरीगाउँ र सिनामंगल लगायतका क्षेत्रबाट हटाइएका सुकुम्बासी परिवारहरू दशरथ रंगशाला पुग्ने क्रम जारी छ। आइतबार मध्याह्नसम्म २१९ परिवारका ९९७ जना सदस्यहरू रंगशाला पुगेको तथ्यांक छ।
महानगरको कदमपछि बासस्थान गुमाएका र अन्यत्र व्यवस्था गर्न नसकेका परिवारहरूको प्रारम्भिक विवरण संकलनका लागि रंगशालालाई मुख्य केन्द्र बनाइएको छ। अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले त्यहाँ छुट्टाछुट्टै डेस्क स्थापना गरी लगत संकलन गरिरहेका छन्। रंगशालामा विवरण दर्ता गरिसकेका परिवारहरूलाई उपत्यकाका विभिन्न ५ वटा 'होल्डिङ सेन्टर' मा स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइएको छ। सुरुमा थापाथली क्षेत्रबाट आउनेको संख्या धेरै भए पनि अहिले सिनामंगल, गैरीगाउँ र शान्तिनगर क्षेत्रका बस्तीबाट आउनेहरूको भीड बढेको छ। शनिबार विवरण भरिएकामध्ये ३१ परिवारलाई कीर्तिपुरस्थित सत्संग भवनको होल्डिङ सेन्टरमा पठाइसकिएको छ। उक्त केन्द्र भरिएपछि बाँकी परिवारका लागि अन्य स्थानमा विकल्प खोजिएको छ।
बागमती विकास परियोजनाका सामाजिक परिचालक कुमार सिंखडाका अनुसार, भीड बढ्दै गएपछि आज थप डेस्कहरू सञ्चालनमा ल्याइएको छ। अब संकलित तथ्यांकलाई कुन बस्तीबाट कति परिवार आएका हुन् भन्ने आधारमा वर्गीकरण गर्ने तयारी समितिले गरेको छ।

For Add Product Review. You Need To Login First Login Page

















