Saturday 18-04-2026

मन्थलीमा स्थानीयलाई लक्षित अचार बनाउने तालिम प्रारम्भ

Satyapana
  • Tuesday Dec 16 2025
  • | 1283 Read

Share News

मन्थलीमा स्थानीयलाई लक्षित अचार बनाउने तालिम प्रारम्भ

१ पुस, २०८२ ।रामेछाप सदरमुकाम मन्थलीमा स्थानीय बासिन्दालाई लक्षित गरी अचार बनाउने ६ दिने तालिम हिजोबाट सुरु भएको छ। नेपाली सेनाको कल्याणकारी बोर्डको आयोजनामा सञ्चालन गरिएको तालिमको शुभारम्भ खड्ग दल गण रामेछापका प्रमुख सेनानी प्रमोद पौड्यालको उपस्थितिमा गरिएको हो।

तालिममा मन्थली तथा आसपासका क्षेत्रका स्थानीय महिला र पुरुष गरी करिब ४५ जनाको सहभागिता रहेको छ। भूपू सैनिक रामेछापको भवनमा सञ्चालन भइरहेको तालिम आगामी पुस ४ गतेसम्म चल्नेछ।

पूर्व नेपाली सेना केशव घिमिरेका अनुसार तालिममार्फत विभिन्न प्रकारका स्वादिष्ट अचार बनाउने व्यावहारिक सीप प्रदान गरिनेछ। आम नागरिकलाई स्वरोजगार र आयआर्जनतर्फ उन्मुख गराउने उद्देश्यले यस्तो सीपमूलक तालिम सञ्चालन गरिएको घिमिरेले बताउनुभयो ।  

तालिमको उद्घाटन गर्दै प्रमुख सेनानी पौड्यालले जुनसुकै सीप भए पनि त्यसलाई उत्पादन र व्यवसायसँग जोड्न सके आत्मनिर्भर बन्न सकिने बताउनुभयो ।। अचार नेपाली समाजमा मात्र नभई विश्वभर लोकप्रिय खाद्य परिकार भएकाले यस सम्बन्धी सीप सिक्नु आवश्यक रहेको उहाँको धारणा थियो।

नेपाली सेनाले शान्ति सुरक्षा कायम राख्नुका साथै नागरिकको सीप विकास र आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले यस्ता तालिम तथा कार्यक्रमहरू समय–समयमा सञ्चालन गर्दै आएको पनि उहाँले  स्मरण गराउनुभयो । 


For Add Product Review. You Need To Login First Login Page