Tuesday 28-07-2026

दोरम्बा–शैलुङको घट्टेखोलामा सडक विवादपछि कुटपिट, एकको अवस्था गम्भीर

Logo
Satyapana
  • Friday Jan 09 2026
  • | 2418 Read

Share News

दोरम्बा–शैलुङको घट्टेखोलामा सडक विवादपछि कुटपिट, एकको अवस्था गम्भीर

रामेछाप — रामेछापको दोरम्बा–शैलुङ गाउँपालिका-७ घट्टेखोलामा सडक मर्मतका क्रममा भएको विवादले उग्र रूप लिँदा ४२ वर्षीय सलाम मोक्तान गम्भीर घाइते भएका छन्।गत पुस २३ गते दिउँसो कुटपिटमा परेका मोक्तानको काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ। घटनामा दुई जना अन्य व्यक्ति पनि घाइते भएका छन्।कुटपिटमा संलग्न रहेको आरोप लागेका चार जना फरार छन्।  यता पीडित पक्षले जिल्ला प्रहरी कार्यालय रामेछापमा जाहेरी दिन खोजे पनि हालसम्म जाहेरी दर्ता नभएको गुनासो गरेका छन्।


For Add Product Review. You Need To Login First Login Page