Friday 29-05-2026

नयाँ संसद्को नयाँ यात्रा: निर्वाचन परिणाम आएलगत्तै बैठक आह्वान गर्ने सचिवालयको तयारी

Satyapana
  • Wednesday Mar 11 2026
  • | 944 Read

Share News

नयाँ संसद्को नयाँ यात्रा: निर्वाचन परिणाम आएलगत्तै बैठक आह्वान गर्ने सचिवालयको तयारी

संघीय संसद् सचिवालयले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएलगत्तै सदनको बैठक बोलाउने गरी आन्तरिक तयारी सुरु गरेको छ। निर्वाचन आयोगले मतपरिणाम घोषणा गर्ने अन्तिम तयारी गरिरहँदा सचिवालयले नयाँ अधिवेशनको गृहकार्यलाई तीव्रता दिएको हो।नेपालको संविधानको धारा ९३ अनुसार, निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ। यद्यपि, सचिवालयले नतिजा आएको एकदेखि दुई हप्ताभित्रै बैठक बस्ने गरी तयारी अघि बढाएको छ। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार, नवनिर्वाचित सांसदहरूलाई काठमाडौँ आउनका लागि करिब १० दिनको समय दिएर बैठकको सूचना जारी गरिनेछ। सोही अवधिमा सदनका ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ ग्रहण गर्नेछन् भने अन्य सांसदहरूलाई ज्येष्ठ सदस्यले नै शपथ गराउने कार्यसूची छ।सभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्यले सभामुखको भूमिका निर्वाह गर्ने कानुनी प्रावधान रहेको प्रवक्ता गिरीले जानकारी दिए।'संसद्को पहिलो बैठकले सभामुखको निर्वाचन घोषणा गर्छ, साथै सभामुखको अनुपस्थितिमा भूमिका निर्वाह गर्नका लागि प्रत्येक दलबाट तीन जनाका दरले सांसदको नाम मागेर अनुमोदन गरिन्छ। त्यसपछि बस्ने पहिलो बैठकमा अध्यादेश छन् भने पेस गरिन्छन्,।


For Add Product Review. You Need To Login First Login Page