Breaking News ::
निर्वाचन आयोगको निर्णयविरुद्ध कांग्रेस देउवा पक्ष सर्वोच्च अदालत जाने
Satyapana
- Saturday Jan 17 2026
- | 1548 Read
Share News

ललितपुर । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस माघ २ गते निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध कानुनी उपचार खोज्ने भएको छ ।
आज बिहान पार्टीको केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा भएको बैठकले उक्त निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।
“निर्वाचन आयोगले २०८२ माघ २ गते एकलौटी रुपमा गरेको निर्णय दुराशयपूर्ण छ, आयोगले हामीलाई बोलाएर सुन्ने काम पनि गरेन, आयोगको स्थापित नजिर र निर्वाचनसम्बन्धी व्यवस्था पालना नभएकाले आइतबार हामी सर्वोच्च अदालतमा कानुनी उपचारका लागि जान्छौँ” प्रवक्ता महतले भन्नुभयो ।

For Add Product Review. You Need To Login First Login Page




















