Tuesday 28-07-2026

पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण निवेदनमाथिको सुनुवाइ सकियो

Logo
Satyapana
  • Monday Mar 30 2026
  • | 1011 Read

Share News

पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण निवेदनमाथिको सुनुवाइ सकियो

१६ चैत २०८२, सोमबार ।  पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकको बन्दी प्रत्यक्षीकरण निवेदनमाथिको सुनुवाइ सोमबार सम्पन्न भएको छ। आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै लेखकले सर्वोच्च अदालतमा रिहाइका लागि रिट दायर गरेका थिए।

उक्त निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएको थियो। भदौ २३ र २४ गतेको 'जेनजी' आन्दोलनका क्रममा भएको दमनमा संलग्न रहेको आरोपमा लेखकलाई शनिबार पक्राउ गरिएको थियो। सोही घटनाको अनुसन्धानका लागि नियन्त्रणमा लिइएका लेखकका तर्फबाट यशोदा लेखकले आइतबार बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी हुन्।

उक्त आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री लेखकसहितका पदाधिकारीहरूलाई दोषी ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो। सोही प्रतिवेदनका आधारमा वर्तमान सरकारले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो। सोमबारको सुनुवाइ सकिएसँगै अब अदालतले दिने आदेशको प्रतीक्षा गरिएको छ।


For Add Product Review. You Need To Login First Login Page